काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेका हुन्।
प्रधानमन्त्री र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्रीले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए।
प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।
Leave a Reply