Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो ।

पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी र सरकारका कामकारबाहीबारे छलफलका एजेन्डा छन् ।

त्यसबाहेक सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरूको तयारी छ ।

अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा जान लागेकाले त्यसबारे समेत अध्यक्षले ब्रिफिङ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077