Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

    कम रेक्टरको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 783
    SHARES

    काठमाडौं । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।

    २०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो । २२ हजार बढी घाइते भएका थिए ।



    यो भूकम्पपछि सयौँ साना पराकम्पहरु गएका थिए । तर ठूलो मानवीय क्षति गर्नेगरी पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गयो । गृह मन्त्रालयको तथ्यांकअनुसार यस भूकम्पमा अहिलेसम्म १५८ जनाले ज्यान गुमाइसकेका छन् । ३५७ जना घाइते भएका छन् ।



    जाजरकोट सदरमुकाम खलंगामा दर्जनौँ घरहरु भत्किएका छन् । भूकम्पलगत्तै ४ रेक्टरस्केल माथिका चारवटा पराकम्पनहरु गइसकेका छन् । ४ रेक्टरमुनिका ३११ वटा पराकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार