Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख

    भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत् भूकम्पपीडितका लागि एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ ।

    जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले आज एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ।



    यस्तै विभिन्न संघ संस्थाहरुद्वारा राहत रकम घोषणा भइरहेका छन् ।



    राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार