Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्प प्रभावित क्षेत्रका लागि भारतले पठायो ११ टन राहत सामग्री

    भूकम्प प्रभावित क्षेत्रका लागि भारतले पठायो ११ टन राहत सामग्री

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री पठाएको छ । नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबार अपरान्ह अवतरण भएको हो ।

    काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार आइतबार भारतीय वायुसेनाको विशेष विमान सी-१३० बाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले सो राहत सामग्री उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेका छन् ।





    आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् । आगामी दिनमा पनि राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।

    घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ । छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको राजदूतावासको भनाई छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो ।

    भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार