काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउँदै छ ।
प्राधिकरणका अनुसार एमडीएमएस भोलिदेखि कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द हुने भएको हो ।
भोलि राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।
अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय वटा सेटमा भोलिदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।
एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डाटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिने छ ।
Leave a Reply