Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • भूकम्प प्रभावितलाई बसोवास र उपचारको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री श्रेष्ठ

    भूकम्प प्रभावितलाई बसोवास र उपचारको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 594
    SHARES

    जाजरकोट । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट प्रभावित जनतालाई सहयोगमा कुनै कमी हुन नदिइने बताएका छन् ।

    राहत सामग्रीसहित भूकम्प प्रभावितको उद्धार, खानपिन, बसोवास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।



    गृहमन्त्री श्रेष्ठले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुवैतिर उत्तिकै परिचालित हुन पनि निर्देशन दिए। उद्धारको काम लगभग सकिएकोले अब राहत, बसोवास, खानपिन र उपचारमा केन्द्रित हुनु जरुरी रहेको गृहमन्त्री श्रेष्ठले बताए ।



    पीडित र प्रभावित परिवारहरूले सरकारले तत्काल उद्धार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं नै शनिवार जाजरकोट र रुकुम पश्चिम आएर सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।

    पीडित र प्रभावितको समग्र जानकारी लिएपछि उपस्थितहरूलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नगद एवं जिन्सी राहत वितरण, खानपिन, बसोवास र उपचारमा कुनै कमी हुन नदिइने तथा पुनर्निर्माणको योजना तत्काल बनाइने समेत बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार