Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बैकिङ कसुर मुद्धामा जरिवाना तोकिएका दुई जना पक्राउ

    बैकिङ कसुर मुद्धामा जरिवाना तोकिएका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १८ स्थायी घर भइ हाल काठमाडौं कलंकी बस्ने गणेशमान श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका – ८ चागाथली बस्ने राम कुमार जैरु दमाई रहेका छन् ।



    अम्बर बहादुर राईको जाहेरीमा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको मिति २०७९ चैत १६ गतेको फैसलाले सात दिन कैद र २० लाख रुपियाँ बिगो जरिवाना तोकी फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    प्रहरीले उनलाई चाबहिलबाट पक्राउ गरी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ ।

    यसैगरी, जितेन्द्र बहादुर गलानको जाहेरीमा बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी जैरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उच्च अदालत पाटन ललितपुरको मिति २०७९ चैत १२ गतेको फैसलाले उनलाई एक दिन कैद र बिगो तीन लाख रुपियाँ जरिवाना तोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार