काठमाडौं । सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ।
सरकारले जाजरकोट र रुकुम पश्चिममा मन्त्रालय, सशस्त्र प्रहरी बल र युनिसेफले त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको हो ।
जजरकोटमा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, १०० थान त्रिपाल र ५५० स्लिपिङ ब्याग पठाएको छ ।
सशस्त्र प्रहरी बलले ५ हजार थान त्रिपाल र ३५० थान ठूला टेन्ट पठाएको छ भने युनिसेफले ६८ थान त्रिपाल र ५ थान म्याट्रेस पठाएको छ ।
रुकुम पश्चिममा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, २२६ थान त्रिपाल र ५५० थान स्लिपिङ ब्याग पठाएको छ ।
सशस्त्र प्रहरीले ५ हजार थान त्रिपाल र ३५० थान टेन्ट पठाएको छ भने युनिसेफले ६६७ थान त्रिपाल पठाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत र स्वास्थ्य मन्त्री मोहन बस्नेत पनि आइतबार भूकम्प प्रभावित जिल्ला पुगेका छन्।
Leave a Reply