Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प पीडितको पुनर्स्थापनाका लागि सहयोग गर्न सरकारको अपिल

काठमाडौं । सरकारले जारकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ति जारी गर्दै कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गर्न आग्रह गरेको हो।

विपद्को दु:खद घडीमा खोज,उद्धार र राहतका लागि क्रियाशील रहेका सबै महानुभाव एवं संघसंस्थालाई हार्दिक धन्यवाद ज्ञापन दिँदै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरवध गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यस्तो संवेदनशील घडीमा देशविदेशमा रहेका सहयोग गर्न इच्छुक सबैलाई उद्धार कोषमा जम्मा गरिदिन आग्रह गरिएको हो। शुक्रबार राती आएको भूकम्पमा परी जाजरकोटा र रुकुम पश्चिममा १५७ जनाले ज्यान गुमाएका छन् भने करिब दुई सयजना घाइते छन्।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आजै बिहान मन्त्रिपरिषद बैठक बोलाएर भूकम्पमा मृत्यु भएकाको प्रत्येक परिवारलाई तत्काल दुई लाख सहयोग उपलब्ध गराउने निर्णय गरेका छन्।

उनले एकद्वार प्रणालीबाट भूकम्प पीडितहरूलाई राहत र सहयोग उपलब्ध गराउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077