Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जाजरकोट भूकम्प

    मृतक परिवारलाई दुई लाख उपलब्ध गराउने सरकारको घोषणा

    मृतक परिवारलाई दुई लाख उपलब्ध गराउने सरकारको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 810
    SHARES

    काठमाडौं । सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाएका परिवारलाई २ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।



    बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।



    भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    शनिबार राति गएको भूकम्पमा परी जाजरकोटा र रुकुम पश्चिममा १५७ जनाले ज्यान गुमाएका छन् भने करिब दुई सयजना घाइते छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार