Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भूकम्प पीडितको उद्धारको काम एकद्वार प्रणालीबाट हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    भूकम्प पीडितको उद्धारको काम एकद्वार प्रणालीबाट हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणमा केन्द्रित रहेको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्त्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका हुन् ।



    प्रधानमन्त्रीले विपदपछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितका लागि सहयोग,राहत र उद्दारका लागि एकद्वार प्रणाली लागू गर्ने बताए।



    उनले पीडितको नाममा विभिन्न संघसंस्थाले पैंसा उठाउने गरेको भन्दै यसलाई रोक्न एकद्वार प्रणाली लागू गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एकद्वार प्राणलीबाट राहत र सहयोग उपलब्ध गराइने बताए।

    एकद्वार प्रणालीको समन्वय हाल गृहमन्त्रालयले गर्ने उनले बताए। प्रधानमन्त्री प्रचण्डले भूकम्पको जोखिम रहेको स्थान र गाउँबस्ती बसाउने विषयमा अध्ययन गरिने बताए। निश्चित मापदण्ड बनाएर घर निर्माण र गाउँबस्ती बसालिने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार