Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सरकारले भूकम्प प्रभावितलाई घर बनाउन तीन लाख बढी रकम दिने

    सरकारले भूकम्प प्रभावितलाई घर बनाउन तीन लाख बढी रकम दिने

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 492
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट प्रभावितलाई घर बनाउन तीन लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

    भूकम्पछि आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितलाई घर बनाउन ३ लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।



    तर भूकम्पपछिको पुनर्निर्माणको लागि सरकारले आर्थिक सहयोगको घोषणा केही समयपछि मात्रै गर्ने बताईएको छ ।



    मित्रराष्ट्रहरू भारत, चीन, अमेरिकाले सहयोग गर्न इच्छा गरेको भन्दै स्वास्थ्यमन्त्री मोहन बस्नेतले कस्तो सहयोग लिने भन्ने सरकारले मापदण्ड बनाउने निर्णय गरेको छ।

    सरकारले यसअघि नै भूकम्पबाट घाइते भएकाको निस्शुल्क उपचार गर्नेबारे गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको छ ।

    साथै जुनसुकै प्राइभेट अस्पतालले भूकम्पपीडितको उपचार निशुल्क गरेर प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पेश गर्न पनि स्वास्थ्यमन्त्रीले निर्देशन दिएका छन् ।

    जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलटको भूकम्पमा परी १५७ जनाको मुत्यु हुनुका साथै दुई सय बढी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार