Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जाजरकोट भूकम्पमा परेर १५७ जनाको मृत्यु, १२० शव आफन्तले बुझे

    जाजरकोट भूकम्पमा परेर १५७ जनाको मृत्यु, १२० शव आफन्तले बुझे

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शुक्रबार रातिको भूकम्पमा परी मृत्यु भएका १२० जनाको शव आफन्तले बुझेका छन् । प्रहरीले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार रुकुम पश्चिमका ५२ शव र जाजरकोटका ६८ शवहरु आफन्तले बुझिसकेका हुन् ।

    रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको सबै शवहरु आफन्तले बुझेका छन् भने जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये ६८ जनाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । अझै ३७ शव आफन्तले बुझ्न बाँकी छ ।



    यस्तै शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो भने १०६ जना घाइते भएका छन् ।



    यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकोमा १३२ जना घाइते छन् । घाइतेको विभिन्न जिल्लाका अस्पतालहरुमा उपचार जारी छ । प्रहरीका अनुसार अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २५४ जना घाइते अवस्थामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार