Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • जाजरकोट भूकम्प : आवाज हरायो, साहसले बाँच्यौँ

    जाजरकोट भूकम्प : आवाज हरायो, साहसले बाँच्यौँ

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 450
    SHARES

    जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे ।

    रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”



    उनले थपे, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो । एक हात टाउकोमाथि राखिरहेँ । काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो । यस्तैमा म त अचेत भएँछु । अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो । आँखा खोलेँ । मुख पनि माटोले बन्द गरेको जस्तो भयो । जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो । अब त मरिने रैछ भन्ने लागेको थियो ।”



    भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उनले बताए । उनको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ ।

    रूपकले भने, “बल गरेर उठेँ । गाउँमा कोलाहल थियो । बुवाआमा भएको कोठामा गएँ । केही भइहाल्यो कि भन्ने ठुलो डर थियो । घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ । घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ । मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो । आमाले बचाऊ , बचाऊ , भन्दै गुहार मागिरहनुभएको थियो ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार