काठमाडौं । गएराति गएको विनाशकारी भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सनाखत हुनेमा २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति पुगेको छ । सो नगरपालिकामा २३ जना महिला र १९ जना पुरुष गरी ४२ जनाको मृत्यु भएको छ । बाँकी १० जना सानीभेरी गाउँपालिकाका छन् ।
सो गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुषको मृत्यु भएको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ भने दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् ।
Leave a Reply