काठमाडौं । नेकपा एमालेले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलोमात्रामा धनजनको क्षति भएपछि पीडितहरुको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको हो ।
पार्टी पङ्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानारी दिए ।
जाजरकोट र रुकुमपश्चिमका संयौं नागरिक पीडित भइरहँदा सिङ्गो मुलुकको सहयोगको खाँचो रहेको बताउँदै उनले सबैलाई सक्दो सहयोग गर्न अपिल गरे ।
Leave a Reply