काठमाडौं । चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ ।
नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भूकम्पको विपत्तीमा नेपालको साथमा चीन रहेको भन्दै १० करोड रुपैयाँ बराबरका सामग्री नेपाललाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
चीनले त्रिपाल, कम्बल, टेन्ट लगायतका सामग्री दिनेछ ।
केही नेपाल आउने क्रममा रहेको र बाँकी दुई दिनभित्रै आइपुग्ने उनले जानकारी दिए ।
Leave a Reply