Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जाजरकोट र रुकुमको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

    जाजरकोट र रुकुमको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शुक्रबार रातिको भूकम्पमा परी रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा १४५ जनाको मृत्यु भएको छ ।

    जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।



    नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।



    गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार