Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३८ पुग्यो

    जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३८ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शुक्रबार रातिको भूकम्पमा परी रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा १३८ जनाको मृत्यु भएको छ ।

    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको हो ।



    दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र १०० जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो ।



    दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् ।

    भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार