Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भूकम्पको क्षतिपछि उद्धारबारे निर्णय लिन गृह मन्त्रालयमा आकस्मिक बैठक

    भूकम्पको क्षतिपछि उद्धारबारे निर्णय लिन गृह मन्त्रालयमा आकस्मिक बैठक

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 840
    SHARES

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भुकम्पपीडितको उद्दार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक बसेको हो।



    बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्दार निकायको प्रतिनिधित्व छ।



    भुकम्पले जाजरकोट र पश्चिम रुकुमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्दारमा जुटेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्दारमा खटिएका छन्।

    ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेका छन्। सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत घटनास्थलहरूमा पुगिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार