Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सरकारलाई कांग्रेसको आग्रह – भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई प्राथमिकता दिनू

    सरकारलाई कांग्रेसको आग्रह – भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई प्राथमिकता दिनू

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 561
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा तत्काल राहत र उद्धारको काम तदारुकताका साथ पुर्‍याउन अपिल गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै उक्त अपिल गरेका हुन् ।



    ‘भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।



    सभापति देउवाले नेपाली कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुर्ननिर्माणमा जुट्न निर्देशन पनि दिएका छन् ।

    गएराति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार