Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ६० किलो सुन तस्करीका नाइके दावाको नेपाली नागरिकता रद्द

    ६० किलो सुन तस्करीका नाइके दावाको नेपाली नागरिकता रद्द

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङको नेपाली नागरिकता रद्द भएको छ ।

    बिहीबारको मन्त्रिपरिषद्को बैठकले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोकबाट लिएको नेपाली नागरिकता रद्द गरेको हो ।



    छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए।



    तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ। नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए ।

    उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ। सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार