Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - पार्टीभित्रका जायज माग पूरा हुन्छन्

बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका जायज माग पूरा हुने बताएका छन् ।

बागलुङमा पार्टीले गरेको कार्यक्रममा शुक्रबार बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले कोशी लगायतमा पार्टीभित्र पछिल्लो समय देखिएको असन्तुष्टिप्रति संकेत गर्दै जायज माग भए सम्बोधन हुने बताए।

सभापति देउवाले भने,‘ठूलो पार्टीमा केही असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन् । बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो। सबै दल मिलेर संविधान कार्यान्वयन गरेर छाड्छौंं।’

देउवाले आँफू धेरै नबोल्ने तर काम गरेर देखाउने प्रतिवद्धता जनाए । देउवाले देशका प्रमुख राजनीतिक दलहरु समेत मिलेर संविधान कार्यान्वयनको एकता कायम गरेर देखाउने बताए ।

उनले कांग्रेससहित सबै दल मिलेर संविधान कार्यान्वयन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077