Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्रान्ससहित तीन देशको भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको हो । सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिस जानेछन्।

पेरिस पिस फोरममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ।

त्यस्तै, बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृती दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077