Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • विश्वकपमा छनोट भएपछि प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई

    विश्वकपमा छनोट भएपछि प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 465
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छ ।

    शुक्रबार नेपाल टी–२० विश्वकपमा छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

    शुक्रबार भएको माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

    यसैगरी, आजै भएको पहिलो सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार