Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • न्याय माग्दा मलाई धम्की आयो : भारती मानन्धर

    न्याय माग्दा मलाई धम्की आयो : भारती मानन्धर

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । योगराज ढकाल ‘रिगल’ को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले अदालतले आफूलाई थप साहस दिएको बताएकी छन् ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीले यस्तो बताएकी हुन् । उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन् ।



    उनले आफ्नो टीमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा जनाएकी छन् ।



    भारतीले भनिन्,‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेका महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ।’

    नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पूर्वपत्नि भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार