Online Nepal
  • मंगलबार, २७ फाल्गुन २०८१
  • अदालतको आदेशपछि रिगल बाँके कारागार चलान

    अदालतको आदेशपछि रिगल बाँके कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.5K
    SHARES

    बाँके ।  सर्वोच्च अदालतको आदेशपछि नेपालगञ्जबाट पक्राउ परेका योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तानका लागि जिल्ला अदालत बाँके पठाइएको छ।

    रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको हो ।



    सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो।

    कैदी पूर्जीसहित रिगललाई कारागार चलान गरिएको छ। रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए।

    उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

    सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार