Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • हात्तीको बङगारासहित झापाबाट दुई जना पक्राउ

    हात्तीको बङगारासहित झापाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 942
    SHARES

    संकेतिक तस्विर

    झापा । झापा प्रहरीले हात्तीको बङ्गारासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-७ जरूवा टोल बस्ने ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बू रहेका छन् ।



    उनीहरुको साथबाट प्रहरीले १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङ्गारा बरामद गरेको हो ।



    तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो ।

    थप अनुसन्धानका क्रममा उक्त वस्तु शावा लिम्बूको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बूलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार