काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज स्वदेश फर्किदै छन् ।
प्रधानन्यायाधीश श्रेष्ठ राति ९ बजे काठमाडौं आइपुग्न लागेका हुन् ।
पहिलो चाइना–मध्य एसिया र दक्षिण एसिया कानुनी मञ्चमा सहभागिता जनाउन उनी गत कात्तिक ११ गते चीन गएका थिए।
त्यहाँ रहँदा उनले चीनका सर्वोच्च जनअदालतका अध्यक्ष तथा प्रधान न्यायाधीश झाङ जुनले भेटवार्ता गरे ।
Leave a Reply