Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज बागमती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ ।

आज बागमती प्रदेश समितिले एकदिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

सुकेधारास्थित एसआर क्याटरिङमा १२ बजेदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रमका पार्टीका अध्यक्ष उपेन्द्र यादव, सघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गठन, पुनर्गठन भएका संगठन र समितिका प्रतिनिधि सहभागी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077