Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शनिबार काठमाडौँका यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नु परेको हो ।

सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।

बिहान ७ बजेदेखि ११ बजेसम्म माथि उल्लेखित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077