Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • ५ वर्षमा रिगल जस्तै ६,७४६ ले पाएका थिए कैदमुक्ति

    ५ वर्षमा रिगल जस्तै ६,७४६ ले पाएका थिए कैदमुक्ति

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो पाँच वर्षमा योगराज ढकाल ‘रिगल’ जस्तै ६ हजार ७ सय ४६ जघन्य अपराधमा संलग्न भएकाहरूले उनमुक्ति पाएका छन्। २०७६ यता राजनीतिक दबाब र प्रभावमा परेर १ सय ३५ आममाफीसहित ६ हजार ७ सय ४६ जनाले कैद मिनाहा पाएका छन् ।

    यो तथ्यांकले पछिल्लो समय उनमुक्ति दिने प्रवृत्ति बढिरहेकोे देखाउँछ। जुनसुकै अपराध संलग्न भएकालाई सरकारले आममाफीसहितको कैद मिनाहा गरिरहेको छ।



    पछिल्लो पाँच वर्षमा सरकारले १ सय ३५ जनालाई आममाफी दियो। यही पाँच वर्ष ६ हजार ६ सय ११ जना कैद मिनाहा पनि गरिएको छ। राष्ट्रिय दिवस पारेर यसरी आममाफी र कैद कट्टा गरिँदा पीडितले न्याय मरेको महसुस गरे। प्रजातन्त्र दिवस, गणतन्त्र दिवस र संविधान दिवसका अवसरमा सरकारले आममाफी र कैद मिनाहा दिने गरेको छ।



    २०७४ मा जारी भएको फौजदारी अपराध संहिताको दफा १५९ मा आममाफीसम्बन्धी प्रावधान राखेको छ । त्यसका लागि फैसलाबमोजिम सजाय पाएको व्यक्तिले गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिनुपर्छ।

    आममाफी दिने कारण खुलाई गृह मन्त्रालयले नेपाल सरकारलाई सिफारिस गर्ने र सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गराएर माफी गराउन सक्ने प्रावधानको कानुनी व्यवस्था गरिएको छ। अन्नपूर्ण पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार