Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • यस्तो छ रिगललाई फेरि थुनामा पठाउने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

    यस्तो छ रिगललाई फेरि थुनामा पठाउने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 4K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले संविधान दिवसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।



    सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।



    कैद छुटको निर्णय गर्दा कारागार नियमावलीको व्यवस्थासँगै पीडितको सहमति लिनुपर्ने भन्दै सर्वोच्चले पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गर्नुपर्ने पनि उल्लेख छ ।

    कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई सजाय कम गर्ने वा घटाउने, छुट दिने निर्णय गर्न आदेश दिएको छ । यसरी गर्ने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्रै निर्णय गर्न पनि सर्वोच्चले परमादेश दिएको छ ।

    हेर्नुहोस् फैसलाको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार