Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सर्वोच्चको परमादेश लगत्तै नेपालगन्जबाट पक्राउ परे रिगल

    सर्वोच्चको परमादेश लगत्तै नेपालगन्जबाट पक्राउ परे रिगल

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 6.6K
    SHARES

    बाँके। जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीलेयोगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।

    सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हो ।



    सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो।



    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार