Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अस्पतालको वार्षिकोत्सवमा प्रचण्डले भने – बैंकको ब्याजदर १० प्रतिशतभन्दा माथि जान दिँदैनौं

    अस्पतालको वार्षिकोत्सवमा प्रचण्डले भने – बैंकको ब्याजदर १० प्रतिशतभन्दा माथि जान दिँदैनौं

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 480
    SHARES

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक ब्याजदर १० प्रतिशतमा सीमित गर्ने बताएका छन् ।

    बुटवलको आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं । उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेको छ।’



    सरकारले छिट्टै बैंक ब्याजदर १० प्रतिशत भन्दा माथि नहुने घोषणा गर्ने उनको भनाई छ ।

    उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार