Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • संसद् बैठकमा रविको प्रश्न – सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन कस्ले रोक्यो ?

    संसद् बैठकमा रविको प्रश्न – सत्ता स्वार्थमा मिल्नेहरूलाई शान्ति प्रक्रिया टुंग्याउन कस्ले रोक्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 588
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला दलहरुको सिन्डिकेट संसदमा लादिने काम भएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले ठुला भनिएका तीन दलहरूका कारण संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न नसकेको बताएका हुन् ।



    सभापति लामिछानेले सत्ता स्वार्थको लागि मिल्न तयार हुने दलहरू पीडितलाई न्याय दिने शान्ति प्रक्रिया टुंग्याउन एकजुट नभएको भन्दै आपत्ति जनाए ।



    सभापति लामिछानेले भने, ‘शान्ति प्रक्रियाको कुरा पनि चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू विनाशर्त एकठाउँमा उभिएका देखेका छौं । कोशीमा हेर्दा त महागठबन्धन बनेको छ । ए, आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने । पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोख्यो तपाईंहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले ? ल बताउनुस् । रोकेको छ त यहाँहरूकै नियतले।’

    शान्ति प्रक्रियालाई टुंग्याउन आफ्नो दलको तर्फबाट हुने सहयोग गर्न तयार रहेको उनले बताए । उनले अहिले व्यवस्था भन्दा पनि आफ्ना मान्छे जोगाउन केन्द्रित भएकाले अहिलेको अवस्था आएको बताए ।

    उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको पनि बताए । नेताहरुले देशको, संविधानको र व्यवस्थाको धेरै चिन्ता गरेको भन्दै लामिछानेले उनीहरुकै कारण व्यवस्था खतरामा परेको आरोप लगाए ।

    सभापति लामिछानेले सत्ता स्वार्थका लागि मिल्न सक्ने दलहरु शान्ति प्रक्रिया टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा मिल्न नसकेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार