Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपरथी पाण्डेविरुद्ध परेन उजुरी, शर्मापछि प्रधानसेनापति बन्ने सम्भावना

काठमाडौं । उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गर्ने तयारी गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष रहेको बढुवा समितिले युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । समितिले उक्त निर्णयको जानकारीसहित असोज ३० गते नै ७ दिने सूचना जारी गरेको थियो ।

यस अवधिमा पाण्डेविरुद्ध बढुवा समितिमा कुनै उजुरी नपरेकाले अब बढुवाको प्रक्रिया अगाडि बढ्ने भएको हो । प्रधानसेनापति शर्मा बिहीबार चीनबाट फर्केपछि रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने गरी जंगी अड्डाले तयारी गरेको छ । सैनिक नियमावली अनुसार बढुवाका लागि सूचना सार्वजनिक भएको ७ दिनभित्रमा बढुवा सिफारिस हुने व्यक्तिविरुद्ध उजुरी गर्न सकिने व्यवस्था छ।

तर पाण्डेविरुद्ध कुनै उजुरी नपरेकाले बढुवाको प्रक्रिया केही दिनमै अगाडि बढ्ने भएको हो । प्रधानसेनापतिले बढुवा समितिको निर्णयसहित अब पाण्डेलाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस पठाउनेछन्। मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएपछि सरकारले निर्णय गर्नेछ ।

उपरथी पाण्डेको बढुवा भावी प्रधानसेनापतिको लाइनसँग सम्बन्धित भएकाले यो प्रक्रियालाई सेनाभित्र र बाहिर महत्वसाथ हेरिएको छ  । सरकारले बढुवा गरेमा पाण्डे आगामी भदौ अन्तिम सातादेखि नेपाली सेनाको ४५औँ प्रधानसेनापति बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077