काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापति आउट भए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले दोस्रो ओभरको खेल सकिँदा १ विकेट गुमाएर ११ रन बनाएर खेलिरहेको छ ।
यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समूह विजेता बन्नका लागि खेल्दै छन् । यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।
Leave a Reply