Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामान्य अंकले घट्यो नेप्से, ८१ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्सेमा ५.८३ अंकको गिरावट आएको छ ।

बुधबार नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर १८५८.५६ को बिन्दुमा आइपुगेको हो । नेप्से घट्दा कारोबार रकममा भने सामान्य वृद्धि आएको छ ।

बुधबार ८१ करोड २० लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन मंगलबार ५७ करोड १४ लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

बुधबार ७७ हजार ८ सय ७० कारोबारमार्फत २ सय ९६ स्क्रिप्टका ३३ लाख ६४ हजार ५६ इकाइ सेयर किनबेच भए । तीमध्ये सबैभन्दा बढी सोनापुर मिनिरल्स एन्ड आयलको १४ करोड ६० लाख २ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भए ।

कारोबार रकमका आधारमा आशा लघुवित्त दोस्रोमा रह्यो । हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ र हिमालयन डिस्टिलरी पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा रहे ।

नेप्से घट्दा बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा लगानीकर्ताको कूल सम्पत्ति ९ अर्ब रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077