Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सडक प्रदर्शनबारे प्रचण्डले भने – प्रदर्शन गर्न खोजेको होइन, गलत प्रचार भयो

    सडक प्रदर्शनबारे प्रचण्डले भने – प्रदर्शन गर्न खोजेको होइन, गलत प्रचार भयो

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 492
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले काठमाडौंमा सडक प्रदर्शन नगर्ने बताएका छन् ।

    नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले वडास्तरमा गरेको जनपरिचालन कार्यक्रमलाई पालिका र प्रदेशस्तरमा गर्न खोजेको भन्दै बचाउ गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मिडियाले गलत ढंगले प्रचार गर्‍यो ।अहिले देशभर वडास्तरमा जनपरिचालनका कार्यक्रमहरु चलिरहेको छ । जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै स्थानमा जनपरिचालन गर्न खोजेको हो । कसैका विरुद्ध कुनै प्रदर्शन गर्न खोजेको होइन ।’



    काठमाडौंमा माओवादीले प्रदर्शन गर्न खोजेको भन्दै भइरहेका प्रचारमा सत्यता नभएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    माओवादी केन्द्रको मंगलबार बसेको बैठकले राजावादीहरु सक्रिय भएको भन्दै त्यसविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार