Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रिन्सिपल सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक, गोली हान्न सुटर प्रयोग

    प्रिन्सिपल सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक, गोली हान्न सुटर प्रयोग

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 2.3K
    SHARES

    बारा । बाराको बाल एकता स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो ।



    पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेमा छन् ।



    मुख्य अभियुक्त मनोज गुप्ता भने, भारतमा फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ ।

    प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ ।

    गोली प्रहारबाट मृत्यु भएका प्रिन्सिपल सर्राफको हत्या प्रेम सम्बन्धकै कारण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा मोटरसाईकलमा आएका चारजना व्यक्तिले तीन राउण्ड गोली प्रिन्सिपल सर्राफमाथि फायर गरेका थिए ।

    पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र अहिले सरार्फसँग पनि सम्बन्ध राखेको थाहा पाएपछि गुप्ताले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटक पटक झगडा समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    राधा गुप्ताको परिवार र प्रेमी मनोजले बोर्डिङबाट सात महिना अघि नै राधालाई काम छोड्न लगाएका थिए । स्कुलबाट काम छोडे पनि राधा र रुपेश बिचको सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर सर्राफको हत्या गराउन पुगेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार