Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंसिर तेस्रो साता सडक प्रदर्शन गर्दै सत्तारुढ माओवादी

काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले मंसिर तेस्रो साता सडक प्रदर्शन गर्ने भएको छ । पूर्व राजाको पक्षमा प्रदर्शन भइरहेका बेला माओवादीले लोकतन्त्र र संघीय गणतन्त्र बलियो बनाउन प्रर्दशन गर्ने निर्णय गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने प्रयास भइरहेको उल्लेख गर्दै माओवादीले मंसिर २२ मा देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रदर्शनको तयारी गर्न केन्द्रीय समितिले तलका सबै समितिलाई परिपत्र गरेको छ । पूर्वराजावादीहरूको नामै नलिई प्रतिगमनकारीको चलखेलविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको रक्षाका लागि जनपदर्शन गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077