Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंगलबार १४ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार १४ अंकले घटेको छ ।

सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन ।

मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अंकले घटेर १ हजार ८ सय ६४.४० अंकमा ओर्लेर बन्द भएको छ ।

सोमबार नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अंकले घटेको थियो । गत आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको हो ।

गत सोमबार ६९ करोड ४२ लाख र आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ३८ वटा कम्पनीको घट्यो भने ७ वटाको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचकमा कमी आएसँगै सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि घटेर २८ खर्ब ९४ अर्ब रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077