काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका योगराज ढकाल (रिगल)विरुद्ध दायर भएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
यसअघि असोज २५ गते प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासले रिगलविरुद्धको रिट आफूरहितको पूर्ण इजलासमा पठाउन आदेश दिएपछि आजका लागि पेशी तोकिएको थियो।
रिटमाथि सुनुवाइ गर्न गठित पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका छन्।
रिटमाथि सुनुवाइका लागि अर्को इजलासमा पठाउन आदेश दिएपछि अब यो रिटमाथि सुनुवाइका लागि अर्को न्यायाधीशको पूर्ण इजलास गठन हुनेछ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन अधिकारीका हत्यारा रिगललाई आममाफी दिएका थिए।
राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।
यसअघि असोज १८ गते सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा।मनोजकुमार शर्माको एकल इजलासले रिगललााई आममाफी दिनुको कारण सरकारलाई सोध्दै एक साताभित्र लिखित जवाफ मागेको थियो।
रिट निवेदनको टुंगो नलागेसम्म निवदेक तथा निजका परिवारका सदस्यलाई यथोचित सुरक्षा प्रदान गर्नेरगराउने आवश्यक व्यवस्था गर्न नेपाल सरकार,गृहमन्त्रालयलाई लेखी पठाउनू आदेशमा भनिएको छ।
Leave a Reply