Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • प्रधानाध्यापक सर्राफ हत्या प्रकरण : मधेशका विद्यालय बन्द, दोषीलाई यथाशिघ्र पक्राउ गर्न माग

    प्रधानाध्यापक सर्राफ हत्या प्रकरण : मधेशका विद्यालय बन्द, दोषीलाई यथाशिघ्र पक्राउ गर्न माग

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले विद्यालय सञ्चालक तथा प्रधानाध्यापक (प्रिन्सिपल) रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरू बन्द गर्ने भएको छ ।

    नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गर्दै प्रिन्सिपल सर्राफको हत्याको विरोधमा नेशनल प्याब्सनअन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।



    नेशनल प्याब्सनले सर्राफको हत्याको कडा निन्दा र भर्त्सना गरेको छ । हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग नेशनल प्याब्सनले मागसमेत गरेको छ ।



    न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।सर्राफको हत्या प्रकरणमा संग्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका उनको घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार