Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक प्रहरीले भन्यो – ट्राफिकलाई नागरिक एप देखाएर हुँदैन, भौतिक रुपमै लाइसेन्स चाहिन्छ

काठमाडौँ । नागरिक एपमार्फत लाइसेन्स देखाएर मात्र नहुने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ ।

सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले लाइसेन्सको हार्डकपि नै चाहिने जानकारी गराएको हो ।

लाइसेन्स प्राप्त हो होइन भन्ने कुराको पहिचानका लागि मात्र नागरिक एप मान्य हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यद्यपि, ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाका क्रममा भने लाइसेन्सको हार्डकपी नै चाहिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ । धन्यवाद,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077