Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मुगु सामूहिक हत्या प्रकरणः शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

    मुगु सामूहिक हत्या प्रकरणः शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । मुगुमा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

    प्रहरीले ती ब्यक्तिलाई आइतबार नै नियन्त्रणमा लिएको भएपनि परिचय भने गोप्य राखेको छ। अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो।



    घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोलीमा खटिएको छ। तर, प्रहरीले अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लू’ भने पत्ता लगाउन सकेको छैन भने कुकुरले पनि कुनै संकेत दिन नसकेको प्रहरीले जनाएको छ।



    अनुसन्धानलाई सघाउन आइतबार कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकाल पनि मुगु पुगेका छन्।

    शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

    शनिबार शव जिल्ला अस्पतालमा लगिए पनि ‍पोष्टमर्टम भने हुन सकेको छैन। परिवारले घटनाको सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार