Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएको बैंक खाता रोक्का गर्न माग, आधिकारिकताका लागि परराष्ट्रमा कागजात पेस

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन परेको छ ।

आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले खाता रोक्काका लागि निवेदन दिएको बताइएको छ ।

ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ( राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको बताइएको छ ।

यस्तै शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक डकुमेन्टहरु पेस गरेका छन्

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसङ्ख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077