काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको छ ।
विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेका छन् ।
अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजना कार्यालयले अख्तियारको टोली पोखरा आएर फाइल हेरेको पुष्टि गरको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी त्यहाँको आयोजना प्रमुख हुँदा उनले ठूला आर्थिक घोटाला गरेको भन्दै प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो ।
यस्तै स्रोतका अनुसार महानिर्देशक अधिकारीले आयोजनाको ठेक्कामार्फत अवैध कमाएको अकुत सम्पतिमाथि पनि अख्तियारले गोप्य रुपमा अनुसन्धान गरिरएको छ ।
Leave a Reply